काठमाडौ, 12 सितंबर 2022
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ पुगेको छ । सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६७ जनाको टोलीसहित ली नेतृत्वको टोली ओर्लिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।









































