काठमाडौं, 13 सितंबर 2022
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष ओलीलगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता गरेको हो । ओली नेतृत्वको दलका प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र उनी नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो ।
सभामुख सापकोटाको निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका लीले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग भने त्यसपछि सोल्टी होटलमै भेट हुनेछ । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुग्नेछन् ।









































