HomeFeatureमाओवादी केन्द्र आउँदो चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी

माओवादी केन्द्र आउँदो चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी

काठमाडौं, 15 सितंबर 2022

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  माओवादी केन्द्र आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पहिलो कम्युनिस्ट पार्टी बन्ने दाबी गरेका छन् । पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने भएको जनताले बुझिसकेकाले माओवादीलाई जिताउन चाहेको दाबी गरेका हुन् ।

उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्रै यो सम्भव भएको हो। मुख्य त माओवादी आन्दोलन, माओवादी जनयुद्ध नै हो।’

दाहालले माओवादी पार्टी कमजोर भयो भने कुनैपनि बेला त्यत्रो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्टाउने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरे।

उनले एउटा सपना देखेर वाम आन्दोलनलाई एकतावद्ध गर्ने र त्योमार्फत राष्ट्रिय सहमति, राजनीतिक स्थायित्व र समाजवादको ‘महानयात्रा’ भनेर देखेको सपना पूरा हुन नसकेको बताए।

उनले भने, ‘वामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनभित्रै पूर्वाग्रह भनौं या व्यक्तिवादी अराजकता, असाध्यै आत्मकेन्द्रित प्रवृत्तिका कारणले देश झण्डै झण्डै पोहोर साल दुर्घटनामा जान सक्ने खतरा पैदा भएको थियो।’

उनले देशको राजनीति कतातिर लैजाने भन्ने फैसला माओवादीले गरोस् भन्ने चाहना जनतामा प्रष्ट  देखिएको बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...