काठमाडौं, 17 सितंबर 2022
भारतीय प्रधानमत्री नरेन्द्र मोदीको आज ७२औं जन्मदिन हो। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। मोदीको जन्मदिनका अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्।
प्रधानमन्त्री देउवाले भनेका छन्, ‘जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दिर्घायुको धेरै धेरै शुभकामना प्रधानमन्त्री नरेन्द्र मोदीजी। श्री पशुपतिनाथले सधैं रक्षा गरुन्।’









































