HomeFeatureअसंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो: ओली

असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो: ओली

काठमाडौं, 17 सितंबर 2022

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन भएको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै ओलीले निर्वाचनमा जाने कुरालाई आफूले प्रतिगमन नभन्ने बताउँदै सो कुरा बताएका हुन् ।

‘राजनीतिक स्वार्थका कारण एउटा कोर्ष लिइसक्यो, राजनीतिक स्वार्थका कारणले एउटा गठबन्धन बनिसक्यो,’ अध्यक्ष ओलीले बैठकमा भने, ‘यसले थिति र विधि सबै मिचेर परमादेशबाट एउटा सरकार ल्याइसक्यो त्यतापट्टी छोडिदिउँ ।’

ओलीले अगाडि भने, ‘निर्वाचन हुनुलाई निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन भनिदैन आवश्यकता अनुसार निर्वाचन भएन र समयभित्र निर्वाचन भएन भने त्यो प्रतिगमन हुन्छ निर्वाचन नुहँदा । जे होस् हामी अब निर्वाचनतर्फ जाँदै छौँ फेरि । म यसलाई प्रतिगमन भन्दिनँ । प्रतिगमन असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो ।’

संविधानविपरीतका काम गर्दा प्रतिगमन हुने ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...