दिल्ली, 19 सितंबर 2022
नेपाल पत्रकार महासंघ भारत शाखाले तेस्रो अधिवेशन समापन लगत्तै आफ्नो समीक्षा बैठक सम्पन्न गरेको छ। समीक्षा बैठक भव्य रूपले सफल भएको निष्कर्ष सहित सोही अधिवेशन लाई लिएर कथित ऑनलाइन मीडिया मार्फत निहित स्वार्थका लागि नेपाल पत्रकार महासंघ भारत शाखाको गरिमा माथि आँच आउने गरि लिइएको अनावश्यक अन्तर्वार्ता प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरेको छ। नेपाल पत्रकार महासंघ भारत शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल पत्रकार महासंघ भारत शाखाका स्थापनाको लागि विभिन्न संघ संस्थाहरुको आर्थिक, नैतिक, भौतिक सहयोग रहेको भन्ने कुरा सर्व विदितै छ र हामीले सबैको सहयोगलाई बिर्स्ने चेष्ठा पनि गरेका छैनो तर कार्यक्रमको आयोजनाको लागि गरिएको प्रायोजनकै भरमा आम प्रवासीका मुद्दाहरुलाई बेवास्ता गर्दै दाताहरुको चाकडी गर्ने काम कहिले नभएको प्रष्ट पार्ना चाहन्छौं। अन्तर्वार्ता भनेको जस्तै पत्रकार महासंघ भारत शाखालाई 8 लाख रुपयाँ दिएको विषयलाई लिएर खण्डन गर्दछौं तर कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी आयोजकले वहन गरेको कुरा हामी स्वीकार गर्दछौं त्यस वापत आयोजकलाई कुनै किसिमको निहित स्वार्थमा सहयोग गर्ने भन्ने कुनै आश्वासन नदिएको हामी स्पष्ट पार्न चाहन्छौं। पत्रकार महासंघ भारत शाखाको स्थापनाको यतिका वर्ष सम्म मौत रहेका समाजसेवीले अहिले आएर विवाद सृजना गर्न खोज्नको पछाडि वहांलाई कार्यक्रममा निमन्त्रणा दिने/ नदिने अर्थहीन विषय समेटिएको उहां हरु संगको फोन संवादमा बुझिएको छ। यही 11 सितम्बर 2022का दिन नयाँ दिल्लीको शाह ऑडिटोरियममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष एवम सल्लाहकार गोविन्द आचार्य, केन्द्रीय प्रतिनिधि राजेश मिश्रा, नेपाली राजदूतावसका मिनिस्टर पॉलिटिकल काउन्सलर आनन्द प्रसाद शर्मा र एनआर एनका केन्द्रीय प्रवक्ता सोम सापकोटाको विशेष आतिथ्यमा नेपाल पत्रकार महासंघ भारत शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको थियो। सोही कार्यक्रममा निमन्त्रणा नगरेका युट्यूबर मीडिया संचालक र समाजसेवीले आफुलाई निमन्त्रणा नगरेको भन्दै महासंघको गरिमालाई धुमिल्याउन खोजिएको बुझिएको छ। यद्यपि महासंघका सदस्यहरुले भने वहांहरुलाई निमन्त्रणा गरेको प्रमाण हामी संगै रहेको पनि अवगत गराउन चाहन्छौं विज्ञप्तिमा उल्लेख छ।









































