दिल्ली, 21 सितंबर 2022
भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनका परिवारका सदस्यले उनको निधनको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । अचानक हार्ट अट्याक भई राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पतालमा उपचाररत थिए ।
अगस्त १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । जसका कारण चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको जनाउँदै आएका थिए ।









































