काठमाडौं, 21 सितंबर 2022
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ । आज बुधवार अर्थ मन्त्रालयमा सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने सम्झौता भएको उल्लेख छ । नेपाल सरकारको तर्फबाट सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।










































