काठमाडौं, 24 सितंबर 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या रहेको दाबी गरेका छन्। शनिबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सिट बाँडफाँटको १० प्रतिशतको मात्रै ढुङ्गो लाग्न बाँकी भएको बताएका हुन् ।
‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।
‘१० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ उनले भने ।









































