काठमाडौं, 24 सितंबर 2022
नागरिकता विहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेखि भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विद्येयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । शनिबार समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको बताएका हुन भने दुई–दुई पटक संसदबाट प्रमाणिकरणका लागि शितल निवास पुगेपनि केपी ओलीकै इशारामा राष्ट्रपतिले देशमा द्वन्द्ध फैलाउने, अस्थिरता कायम गराउने र संविधानको उलंघन गर्ने काम गरेको उनको दाबी छ ।
नागरिकता विद्येयकमा राजनिति गरेर हजारौ नागरिकता विहिन नागरिकलाई पहिचान विहिन बनाई राख्न राष्ट्रपतिको मात्रै भूमिका नरहेर ओलीले समेत विद्येयकलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।
नागरिकता विद्येयकबारे नेकपा (एमाले)ले एक हातमा सिंदुर र अर्को हातमा नागरिकता दिन लागिएको भन्दै झुटा भ्रम फैलाईरहेको उनले बताए । आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान भएकाले नागरिकता पाउँनुपर्ने आफूहरुको अधिकार भएको उनको दाबी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी दलीय स्वार्थ र इशाराबाट परिचालित भएर संविधान मिचेको उनले बताए ।
कार्यक्रममा नागरिकता विहिन र पुजन तिमिल्सेनाले आफूले आमा बुवाको नामबाट पटक–पटक नागरिकता बनाउन खोजेपनि नागरिकता नपाएको बताए । सवारी दुर्घटनाका क्रममा आफूसंग नागरिकता नहुँदा लामो समय कानुनी कारबाही भोगेको उनको भनाई छ ।
नागरिकता विहिनहरु कसरी समस्या भोग्दै आएका छन भन्नेबारे राज्यले ध्यान दिएर आफ्नो पहिचान पाउनुपर्ने उनको भनाई छ ।
नागरिकता नहुँदा पढाई, व्यापार, यात्रा, उपचारसँगै बैंकमा खाता खोल्न र मोबाईलको सिमसमेत लिन नपाएको भन्दै उनले सरकोकारवाला निकायसँग यो मुद्दालाई राजनितिक मुद्दा नबनाउन समेत उनको आग्रह छ ।









































