HomeFeatureपार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

काठमाडौं, 26 सितंबर 2022

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै नेपाली कांग्रेसको विद्रोही पक्षले आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो । सोमबार ठमेलस्थित एक होटलमा बसेको शेखर पक्षको बैठकले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन यही बुधबार दिउँसो 12 बजे पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको हो । गत बैसाखमा भएको स्थानीय तहको निर्वाचनदेखि सभापति देउवाप्रति रुष्ट बनेको कोइराला समुह मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको विषयमा पनि असन्तुष्ट बनेको छ । वर्तमान प्रधानमन्त्री समेत रहेका देउवाले आफूहरुलाई सधै पेलेरै पार्टीमा हरेक निर्णय  गर्ने गरेको उक्त पक्षले जनाएकाे छ ।  त्यसकारण समान अवसर र न्यायका लागि एक घण्टे धर्ना कार्यक्रम तय गरिएको शेखर पक्षको भनाई छ । डा. कोइराला समुहले एकल बहुमत ल्याउने गरी भागबन्डा गर्न सभापति देउवालाई निरन्तर दबाब दिँदै आएको छ । उक्त पक्षले कम्तीमा पनि कांग्रेसलाई १०० सिट राखेर बाकिँ रहेका सिट अन्य दलहरूलाई भागबन्डा गर्नुपर्ने प्रस्ताव सभापति देउवा समक्ष राख्दै आएको हो।  थोरै सिट लिएर निर्वाचनमा जाँदा कार्यकर्ता रुष्ट हुने उक्त पक्षको ठहर छ । भागबन्डा गर्दा कांग्रेसले बहुमत सिट नपाउने हो भने एक्लै निर्वाचनमा जानुपर्ने संस्थापन इतर समुहको दरो मत छ । तर, देउवा भने नेपाली कांग्रेसलाई ८० सिट दिए मनजुर हुने देखिएका छन् । यता डा. कोइरालाले यदि देउवाले आफ्नो कुरा नसुने पार्टीभित्र विद्रोह गर्ने समेत चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...