HomeFeatureअमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने

काठमाडौं, 27 सितंबर 2022

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको हो । ट्रुडोले भ्रमणमा रहँदा रूस र चीनबाट दिने मिथ्या सूचनाको प्रतिरोध, अफगानिस्तानका जनतालाई जारी अमेरिकी समर्थन, सामाजिक समानता, प्रेस स्वतन्त्रता र वातावरणलगायत अमेरिकी कूटनीति र सन्देशहरुलाई प्राथमिकता दिनेछिन् । कार्यवाहक सहायकमन्त्री ट्रुडोले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ताहरु, पत्रकारहरु र मिथ्या सूचना तथा लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । ट्रुडोले सरकारी अधिकारीहरू र नागरिक समाज, विदेशी मिडिया, प्रभावशाली व्यक्तित्व, विद्यार्थी र अमेरिकी सार्वजनिक कूटनीति क्षेत्रका व्यक्तित्वहरुसँग भेट गर्ने कार्यतालिका छ । नेपाल बसाइँमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गर्दै आएका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ । उनको भ्रमणमा नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...