HomeFeatureशेखर समूहका गतिविधिमा कांग्रेसको निगरानी

शेखर समूहका गतिविधिमा कांग्रेसको निगरानी

काठमाडौं, 27 सितंबर 2022     

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए । प्रवक्ता महतले कांग्रेसभित्रको सर्वसहमतिबाटै समानुपातिक बन्दसूचि निर्वाचन आयोगमा पेस गरिएको बताए। उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारीको सहभागिता र सहमतिबाटै निर्णय भएको छ। यसमा कुनै सत्यता छैन। सम्पूर्ण निर्णय आम सहमतिबाट भएको हो। सबैलाई समावेश गरेर समानुपातिक बन्द सूचि पेस गरिएको छ। केहि त्रुटी हुन सक्छन्। तर, एकलौटी गरिएको छैन।’ उनले कांग्रेस एकतावद्ध भएर गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए। महतले भने, ‘यो ठूलो पार्टी हो। सबैका आकांक्षा पूर्ति नहुन सक्छ। गठबन्धनलाई सफल बनाउन हामी लाग्नेछौं।’ उनले पार्टी हितविपरीत भइरहेका कृयाकलापहरु नियालिरहेको बताए। शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...