HomeFeatureअञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको शानदार जित

काठमाडौं, 27 सितंबर 2022     

नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३-१ ले विजयी भएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । दशरथ रंगशालामा मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध ३-१ को जित निकालेको हो । नेपालका लागि तिनै गोल अन्जन बिष्टले गरेका हुन् । राष्ट्रिय टिमका लागि अन्जनको यो पहिलो ह्याट्रिक हो । नेपालले बंगलादेशमाथि खेललाई १७औं, २६औँ  र ३७औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता लिएको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । अन्जनले राष्ट्रिय टिमका लागि यो ह्याट्रिकसहित १० गोल गरेका छन् ।  साथै अन्जनको बंगलादेशविरुद्ध यो चौथो गोल हो । नेपाल र बंगलादेशबीच यो सहित २५ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ भने नेपालले यो जितसहित ८ खेलमा जित हासिल गरको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् । यस खेलबाट नेपालका लागि ऋतिक खड्का र आशीष चौधरीले डेब्यु गरे । यो खेलसँगै नेपाल बांग्लादेशविरुद्धका पछिल्ला पाँच प्रतिस्पर्धामा अपराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...