HomeFeatureभारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ–जी मोबाइल सर्भिस

भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ–जी मोबाइल सर्भिस

दिल्ली, 1 अक्टूबर 2022

भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरे । यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो । अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए । साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् ।

रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानीले भने भारतले फाइभ–जी सर्भिस सुरु गर्न ढिलो गरेको बताएका छन् ।

उनका छोरा आकाश अम्बानी रिलायन्स जियोका प्रमुख हुन् र रिलायन्स जियोले फाइभ–जी सर्भिस कहिले सुरु गर्ने भनेर बताएको छैन ।

तर मुकेश अम्बानीले भने २०२३ सम्म देशको हरेक कुनामा फाइभ–जी सर्भिस सुरु गर्ने दाबी गरे । यसको अर्थ रिलायन्सको फाइभ–जी सर्भिस एयरटेलभन्दा पहिला धेरै मानिसमा पुग्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...