HomeFeatureनेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने

नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने

काठमाडौं, 4 अक्टूबर 2022

नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् । नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ ।

यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन् । दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारी समेत बनेको उनले जानकारी दिए ।

डिसेम्बरमा नाइजेरियामा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एक बैठकमा दौरान हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ ।

अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुबै विमानस्थलमा उडान गर्न सक्नेछन् ।

नेपालबाट पनि कुनै पनि एयरलाइन्सले सो मुलुक जान चाहेमा जान सक्ने गरी समझदारी बनेको उनले जानकारी दिए । दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरान क्यानडामा यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अब कोड शेयरसँग सम्बिन्धत सम्झौता नेपालको मन्त्रालयमा बुझाएसँगै स्वीसले नेपाल उडानको अनुमति पाउने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...