HomeFeatureगठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ: प्रचण्ड सचिवालय

गठबन्धन भत्काउने षडयन्त्र भइरहेको छ: प्रचण्ड सचिवालय

काठमाडौं, 7 अक्टूबर 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । गंगा दाहालले प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै गठबन्धन बनेको पनि दाबी गरेकी छन् ।

‘गठबन्धन कुनै राजनीतिक लाभहानीभन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको  मतको  सम्मान गर्दै बनेको  हो,’ दाहालले भनेकी छन्, ‘सत्ता या अरू लाभहानी खोज्न चाहना राखेको भए दुई/दुईपटक संविधानमाथि प्रहार भएको  परिस्थितिमा गठबन्धनका दलहरूले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे । तर, लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरू जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं ।’

प्रतिगमनकारी, संघीय लोकतन्त्र विरोधी शक्तिहरू सिट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षड्यन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवासपना देखिरहेको पनि उनले उल्लेख गरेकी छन् ।‘अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरू सिट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षड्यन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् । तर, गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो,’ उनले भनेकी छन्, ‘केही असहमति हुनसक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पूरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...