काठमाडौं, 8 अक्टूबर 2022
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलाली गरी १४ जिल्लामा तालमेलको सहमति भएको हो ।
सहमति अनुसार प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिनेछ ।
यसैगरी, प्रदेशसभातर्फ एमालेले ७० सिट लिनेछ भने जसपाले ४२ सिट लिनेछ । तालमेल नभएका क्षेत्रमा भने दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने बताइएको छ ।
तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।









































