HomeFeature‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको  रावलको आरोप

‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको  रावलको आरोप

काठमाडौं, 11 अक्टूबर 2022

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको आरोप लगाएका छन्। तत्कालीन एमाले नेता प्रभु साहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि रावलले अध्यक्ष ओलीले ‘संदिग्ध’ व्यक्तिलाई हुर्काएको बताएका हुन्। साहले विद्रोह गरेपछि ओलीले पहिलेदेखि नै ‘संदिग्ध चरित्र’ भन्ने अभिव्यक्ति दिएको रावलले बताएका छन्। रावलको नाम अछाम–१ बाट एकल सिफारिस भएको थियो।

‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?,’ रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्। रावलाई अध्यक्ष ओलीले प्रतिनिधि सभाका लागि टिकट नदिएपछि उनी आक्रोशित छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...