HomeFeatureविकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गए: प्रचण्ड

विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गए: प्रचण्ड

काठमाडौं, 12 अक्टूबर 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् ।
२०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । प्रचण्डले फेसबुकमा एक भिडियो राख्दै भने, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’

चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्‍याए ।

 उनले भने, ‘मैले चितवन छाडेपछि दुई-चार दिन स्तब्ध थियो । त्यसैले मैले चितवनका जनताप्रति आभार व्यक्त गर्नुपर्छ । चितवनबाट जित्छु भन्नेमा ढुक्क थिएँ । मेरो निर्वाचन क्षेत्र परिर्वतन गर्ने विशेषता पनि बनेको छ ।’

उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए । पक्ष र विपक्ष विभिन्न टीकाटिप्पणी हुने भएकाले एकताबद्ध भएर प्रतिवाद गर्न उनले गठबन्धन दलका नेताहरुलाई निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...