HomeFeatureकुनै पनि  हालतमा संसदीय व्यवस्थामा आत्म समर्पण गर्दिन

कुनै पनि  हालतमा संसदीय व्यवस्थामा आत्म समर्पण गर्दिन

काठमाडौं, 12 अक्टूबर 2022

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आफू कुनै पनि  हालतमा संसदीय व्यवस्थामा आत्म समर्पण नगर्ने बताएका छन्। उनले आफ्नो पार्टी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको पक्षमा नरहेको भन्दै संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने बताए।  मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढिमा नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले सो कुरा बताएका हुन्। महासचिव चन्दले यस पटकको संसदीय चुनाव खारेज गर्नुपर्ने बताए।

प्रचण्ड, बाबुरामको बिसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिको झण्डा उठाएको उनले बताए। नवौँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनै पनि हालतमा दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण नगर्ने उनले दृढतासहित व्यक्त गरे। महासचिव चन्दले दलाल पुँजीवाद भत्काउँदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको बताए। एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्योति बोकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छोड्ने उनले दाबी गरे। ‘नवौँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ।’ उनले भने। उनले लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी रहेको बताए।

मंगलबार देखि असोज ३१ गतेसम्म चल्ने महाधिवेशनको नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले डिजिटल प्रविधिमार्फत ब्यानर खोलेर, ड्रोन मार्फत ब्यानरसहित पुष्पवृष्टि गरेर ९ औँ महाधिवेशनको उद्घाटन गरका थिए। पार्टीका महासचिव विप्लव लगायत केसन्द्रय समिति, प्रतिनिधि तथा जनसमुदायहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्दा राता ड्रेसमा सुसच्जित युवाहरूको दस्ताले परेड तथा सलामी अर्पण गरेका थिए। महाधिवेशनमा देशभर तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा रहेका संगठनका प्रतिनिधि गरि साढे सात सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...