HomeFeatureसंविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन: डा. भट्टराई

संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन: डा. भट्टराई

काठमाडौं, 13 अक्टूबर 2022

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उनले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताए । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम–लोकतान्त्रिक गठबन्धनको भूमिका महत्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा  लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ (ख)का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताए ।

प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...