HomeFeatureदेउवा र म एकै ठाउँमा उभिएका छौं : शेखर कोइराला

देउवा र म एकै ठाउँमा उभिएका छौं : शेखर कोइराला

काठमाडौं, 17 अक्टूबर 2022

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् । नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्ने क्रममा कार्यकर्तालाई विवाद नगर्न सुझाव दिएका छन् ।

‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्,’ कार्यकर्तासँग उनले आग्रह गर्दै भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने?’

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’ प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए ।

‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरु तल किन लडिरहनुभएको छ । मैले बुझिरहेको छैन । केको लागि लडिरहनुभएको छ ?’

दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...