HomeFeatureएमालेले बनाएको गठबन्धन अपवित्र,  हाम्रो गठबन्धन पवित्र: नेपाल

एमालेले बनाएको गठबन्धन अपवित्र,  हाम्रो गठबन्धन पवित्र: नेपाल

काठमाडौं, 18 अक्टूबर 2022

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको  बताएका छन् । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको दाबी गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।

उनले भने, ‘गठबन्धनबारे प्रश्न उठेको छ । विपक्ष एमालेले बनाएको गठबन्धन अपवित्र हो । हाम्रो सत्तारूढ गठबन्धन चाहिँ पवित्र हो । हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । दुई–दुई पटक संविधान कुल्चने काम भएको थियो, देशलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ, देशको संविधान जोगायौँ, लोकतन्त्र पनि जोगायौँ । यसरी पवित्र उद्देश्यका साथ हामीले गठबन्धन गर्‍यौ ।’

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

यसका साथै उनले राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै राणाशासनलाई धराशायी बनाउन सकेको बताए । उनले भने, ‘पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं । जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु गर्यौं । यो सफलताको शिखरमा पुग्यो ।’

अध्यक्ष नेपालले देशको शासन सञ्चालनमा त्रुटि, कमि रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...