काठमाडौं, 19 अक्टूबर 2022
कपिलवस्तुमा सोमबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’लाई नै महासचिव पदमा चयन गरेको छ । कपिलवस्तुमा भएको पार्टीको महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति चयन गरेको हो । तीन जना पछि थप्ने गरी अहिले ७८ जना छन् । नेकपाले केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ । नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको छ । विप्लव यसअघि पनि महासचिव थिए ।









































