काठमाडौं, 25 अक्टूबर 2022
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उदेश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् ।
गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम, गन्तव्य नरहेको र एमाले सिद्धाउनमा मात्रै ध्यान केन्द्रीत रहेको उपाध्यक्ष पोखरेलले बताएका हुन् । एमालेको उदेश्य राजनीतिक स्थायित्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई छ ।
नीतिहिन, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई बिकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।









































