भैरहवा, 26 अक्टूबर 2022
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल संवत राष्ट्रिय संवत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडि बढाउने बताएका छन् । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताएका हुन् । नेपाल संवत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाः खलः सिद्धार्थनगरद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वालाई सम्झिदै जुनसुकै भाषाको भए पनि साहित्यकारहरु नेपालको गहना रहेको बताए । फरक प्रसंङ्गमा बोल्दै गृहमन्त्री खाँणले नेपालले पटक पटक बिपद्हरु भोगेको र यसको मार अहिले सम्म परिरहेको बताए। उनले कोभिडको समयमा देखिएको समस्याको असर अहिले अर्थतन्त्रमा परेको जिकिर गरे । नेपालको अर्थतन्त्रलाई जोगाउने बिषयमा निर्वाचन आयोगले पनि सोचिदिनु पर्ने जिकिर गरे ।









































