काठमाडौं, 31 अक्टूबर 2022
झापाका नदी तलाउमा निर्माण गरिएका पूजा स्थलबाट व्रतालुहरुले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पूजा समापन भएको छ । जिल्लाको मेची, देउनिया, अन्धुवा, निन्दा, विरिङ, कनकाई, कमल, गेउरिया, कमल–बनियानी, रतुवा, मावालगायतका नदी किनारमा समेत छठ पूजा गरिएको छ । व्रतालुले नदी तलाउमा बनाइएका पूजा स्थलहरुबाट आइतबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु परिवार रातभर पूजास्थलमा जाग्राम बसेका थिए।









































