काठमाडौं, 5 नवम्बर 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो एक कार्यकाल संविधानको रक्षा गर्दै बितेको बताएका छन्। काठमाडौं क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले शनिबार प्रचारप्रसार कार्यक्रममा संसदको एक कार्यकाल संविधान जोगाउनमा लागेको बताएका हुन्। दुई कार्यकाल भने लेखनमा बितेको हुँदा अब संविधान कार्यान्वयनको लागि आफूलाई जिताउनुपर्ने उनको तर्क छ।
उनले भने, ‘संसदको दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो’ ।
संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको पनि उनले बताए।









































