हेटौंडा, 5 नवम्बर 2022
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर 4 गतेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताएका छन् ।
शुक्रबार नेकपा एमालेको हेटौंडामा भएको चुनावी सभामा बोल्दै एमालेबाट मकवानपुर-१ का उम्मेदवार समेत रहेका अध्यक्ष कमल थापाले यस्तो बताएका हुन्।
उनले देशभरका राष्ट्रवादी जनताले ओली नेतृत्वको सरकार हेर्न चाहेको भन्दै मंसिर 4 पछि ओली नेतृत्वको राष्ट्रवादी सरकार बन्ने दाबी गरे ।









































