काठमाडौं, 10 नवम्बर 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन्।बिहीबार नेपाली कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको १०८ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए।उनले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए। उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न पनि आग्रह गरे।
उनले भने, ‘आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेका छौँ। कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक-वाम गठबन्धनले चुनावी मैदानमा हामी छौँ। त्यसको नतिजाले देखाउँछ। सबैले मतदान गर्न अनुरोध गर्दछु। भविष्यको भलाइको लागि चुन्नुपर्छ। मताधिकारको सदुपयोग गरौँ।’









































