काठमाडौं, 15 नवम्बर 2022
चुनाव नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौँ क्षेत्र नम्बर-१ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावी प्रचारमा तीव्रता दिएका छन्। मिश्रका लागि भोट माग्न नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनिषा कोइराला पनि साथमै देखिइन्। यसैक्रममा आगामी निर्वाचनका लागि तय भएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिश्र मंगलबार भोट माग्न बबरमहलस्थित जनताको घरदैलोमा पुगेका छन्।









































