सुर्खेत, 15 नवम्बर 2022
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाएका छन् ।
मंगलबार पाँच दलीय गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।
‘ओलीले संसदलाई अंगभंग गर्न खोजे जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौ भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौँ । संसदलाई पूर्ण कार्यकाल राख्छौँ,’ देउवाले भने, छोटो समय बोलेका देउवाले गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका खलेका पूर्णबहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।









































