HomeFeatureदेशैभरी गठबन्धनका उम्मेदवारलाई जिताउन  प्रचण्डको आग्रह

देशैभरी गठबन्धनका उम्मेदवारलाई जिताउन  प्रचण्डको आग्रह

काठमाडौं, 17 नवम्बर 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई परास्त गर्नको लागि देशैभरी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको यात्रामा अघि बढ्न प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवार र समानुतपातिकतर्फ गोलाकार घेराभित्रको हसियाँ हथौडामा मतदान गर्न अपिल गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अग्रगामी र प्रतिगामीबीचको जनमत संग्रहका रुपमा हुन गइरहेको पनि प्रचण्डको दाबी छ ।

उनले भने “हामीले व्यवस्था बदल्यौँ तर उत्पिडित जाती वर्ग, क्षेत्र, लिंग र समूदायकाका अधिकार कार्यान्वयन बाँकी छ । शिक्षा स्वास्थ र रोजगारीमा जनताको पहुँच पुर्‍याउनु छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर समृद्द नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ ।  हामीलाई यहि अवस्थामा रुम्लिने छुट छैन । विकास न्याय र समृद्धिको यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव छैन । यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...