HomeFeatureजनमतलाई अवहेलना गरेका कारण जनताले ओलीलाई सजाय दिनै पर्छ: नेपाल

जनमतलाई अवहेलना गरेका कारण जनताले ओलीलाई सजाय दिनै पर्छ: नेपाल

काठमाडौं, 17 नवम्बर 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि केपी ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना नरहेको बताएका छन्। कोटेश्वरमा आयोजित चुनावी सभामा नेपालले  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताले कारबाही गर्नुपर्ने बताएका छन्। ओलीले चुनावबाट बहुमत ल्याएपनि मतको उपयोग नगरेको बताएका हुन्।

नेपालले भने, ‘२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रका कारण दुई तिहाइ आएको थियो। नत्र त्यति धेरै मत आउने थिएन। केपी ओलीले झण्डै दुई तिहाइ बहुमतको दुरुपयोग गरे। जनमतलाई अवहेलना गरेका कारण जनताले केपी ओलीलाई सजाय दिनै पर्छ। ’

नेपालले ओलीप्रति लक्षित गर्दै गफाडीलाई मत दिए  देश डुब्ने बताए। नेपालले भने, ‘केपी ओलीको गठबन्धन प्रतिगामी छ। राजावादीसँग गरेको गठबन्धनलाई जनताले कारबाही गर्नैपर्छ।’

नेपालले भने, ‘अहिलेको सरकारलाई सर्वोच्च अदालतको आदेशबाट बनेको भनेर प्रचार गरिएको छ। राष्ट्रपतिले संसदको अपमान गरेकै कारण सर्वोच्चमा पुग्नु परेको हो। स्वयम् राष्ट्रपतिबाट संसद र सांसदको अपमान गर्ने काम भएको छ।’

ओलीको चुनावी अभियानमा व्यक्ति पूजाबाहेक अरू केही नभएको नेपालको भनाइ छ।  ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको बताए।

नेपालले भने,‘ सूर्यमा ग्रहण लागिसकेको छ। त्यसैले यो निर्वाचन क्षेत्रमा जनतासँग घुलमिल गर्ने ओनसरी घर्तीलाई मत दिनुस्।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...