काठमाडौं, 22 नवम्बर 2022
नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । काठमाडौं ४ बाट २१ हजार ३०२ मतका साथ विजयी भएका थापाले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गरेका छन् । उनले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताए । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’ उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
यसैबीच, उनले यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । तर, सबै कुराको अहिले नै विश्लेषण गर्न हतार हुने बताए । ‘गठबन्धनले बहुमत प्राप्त गर्छ । सरकार बन्छ । सरकार बन्ने वित्तिकै राम्रो हुँदैछ भन्ने विश्वास दिलाउनु पर्नेछ । यो हाम्रोसामु चुनौती छ ।









































