HomeFeatureबीर बिक्रम–२ पनि हिन्दीमा

बीर बिक्रम–२ पनि हिन्दीमा

काठमाडौं, 23 नवम्बर 2022

पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दी भाषामा स्वराँकन (डब) गरेर भारत तथा अन्य देशमा रिलिज गर्ने क्रम बढेको छ । यसै क्रममा अब नेपाली चलचित्र बीर बिक्रम २ पनि हिन्दी भाषामा रिलिज हुने भएको छ । यो चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय रहेको छ । जसमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र प्रदीप भारद्धाजको लेखन रहेको छ । यो चलचित्रको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सह–निर्मातामा रञ्जिता सिवाकोटी छन् । गत असोजमा फिल्म प्रेमगीत ३ हिन्दी भाषामा भारत नेपाल सहित विभिन्न देशमा रिलिज भएको थियो । सो फिल्मले राम्रो चर्चासँगै मुनाफा पनि कमायो । तर चलचित्र प्रेमगीत ३ भन्दा अघि भारत रिलिजको लागि भनेर चलचित्र बीर विक्रम २ हिन्दीमा स्वराँकन गरिएको थियो । यो चलचित्र स्वराँकन भएको लगत्तै विश्वव्यापी रुपमा कोरोना फैलियो । कोरोनाले भारतका सिनेमा हल पनि लामो समय बन्द भयो । जसका कारण बीर विक्रम २ को हिन्दी भर्सन सिनेमा हलमा रिलिज हुन नसकेको यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

चाम्सका अनुसार अब यो फिल्मको हिन्दी भर्सन डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । यसलाई डिजिटल रुपमा रिलिज गर्नु अघि फिल्मको हिन्दी ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । अब यो फिल्मलाई १५ मँसिरमा ओटिटी प्लेटफर्मबाट रिलिज गरिने भएको छ ।

आफ्नो फिल्म १५ मंसिरमा ओएसआर इन्टरनेशनलबाट बीर बिक्रम २ फिल्मको हिन्दी डब रिलिज हुने भएको छ । यसको नेपाली भर्सन यूट्युबमा रिलिज भईसकेकाले हिन्दी भर्सन पनि रिलिज गर्न लागेको चाम्सले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...