HomeFeatureझापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

काठमाडौं, 24 नवम्बर 2022

मंसिर 4 मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय राजनीतिका दुई ‘हेबिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा भएको झापा- 3 लाई चासोपूर्वक हेरिएको थियो। यो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच प्रतिस्पर्धा थियो। दुई नेताबीचको प्रतिस्पर्धा यो चौथोपटक हो। लिङ्देनले भने सिटौलासँग हिसाब बराबर गरेका छन्। यसअघि 2056 र 2070 मा भएका निर्वाचनमा लिङ्देनले उनै सिटौलासँग प्रतिस्पर्धा गरेका थिए। तर लिङ्देनले 2056 को निर्वाचनमा तेस्रो स्थानको मत पाएका थिए भने 2070 को निर्वाचनमा दोस्रो स्थानको मत पाएका थिए। यसपछिका २ निर्वाचनमा उनै सिटौलालाई पराजित गर्दै 2056 र 2070 मा आफूले व्यहोरेको पराजयलाई बराबरी बनाएर उनै सिटौलालाई फर्काएका छन्। करिब 3276 मतान्तरले विजयी लिङ्देनले 40 हजार 648 मत ल्याउँदा सिटौलाले 37 हजार 372 मत मात्र प्राप्त गर्न सफल रहे। यसअघि 2074 मा भएको निर्वाचनमा यही क्षेत्रबाट लिङ्देनले सिटौलालाई 13 हजार बढीको मतान्तरले पराजित गरेका थिए। यो क्षेत्रमा लिङ्देनले एमालेसँग चुनावी तालमेल गरेका छन। तत्कालीन अध्यक्ष कमल थापालाई महाधिवेशनमा अध्यक्ष पदमा हराएर अध्यक्ष बनेका लिङ्देनले यसपाला पनि जित दोहोर्‍याएका हुन्। राप्रपामा अध्यक्ष जितेसँगै युवा अनुहारले पार्टीको नेतृत्व पाएको भन्दै उनको प्रशंसा भएको थियो। जनजाती समूदायबाट नेतृत्वमा पुग्नेमध्यमा लिङ्देन एक नेता मानिन्छन्। यसअघिको प्रतिनिधि सभामा पनि राजतन्त्रको एजेण्डाको वकालत गर्दै आएका थिए। राजतन्त्रको एजेण्डा बोक्ने दलको अध्यक्ष लिङ्देनले पटक/पटक जित निकाल्दा लोकतान्त्रिक गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई भने उक्त क्षेत्रमा चुनाव जित्न मुस्किल हुने गरेको छ। उनी राजावादी धार र एमालेको चेपुवाका कारण पटक/पटकको चुनावमा पराजित हुदैँ आएका छन्। यसपटक मतान्तर घटाउन बाहेकको चुनावी उपलब्धि सिटौलाको पक्षमा रहेन। 2062/63 को आन्दोलनका बेलामा चर्चामा रहेका सिटौला पछिल्लो समय कांग्रेस भित्रकै समिकरणमा पनि कमजोर बन्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...