HomeFeatureयुवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : ओली

युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : ओली

काठमाडौं, 25 नवम्बर 2022

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विजय उत्सव मनाउन तथा मतदाताहरूसँग भेट्न गृहनगर दमक आउनुभएका ओलीले सो कुरा बताएका हुन्।

युवाहरूमा राजनीतिप्रति विकर्षण नरहेको बरु आकर्षण रहेको निर्वाचनले देखाएको उनले बताए ।

अध्यक्ष ओलीले भने “निर्वाचनप्रति, चुनावप्रति युवाको आकर्षण छैन सिद्धियो भन्ने बाहिर हल्ला थियो, युवाहरूको उम्मेदवारकै पङ्क्ति देख्दा त्यो कुरा होइन रहेछ भन्ने स्पष्ट रूपमा देखियो” ।

ओलीले राष्ट्रिय राजनीतिलाई खेलबाडको रूपमा लिइन नहुने भन्दै राजनीतिलाई लोकतान्त्रिक बनाउन निर्वाचनको अपरिहार्यता रहेको बताए । निर्वाचनलाई रमाइलोको रूपमा हेर्ने विषय नभएको टिप्पणी अध्यक्ष ओलीले गरे ।

आफूले आम मतादाताको निर्णय र मतको सम्मान गर्ने भन्दै ओलीले परिणामले निर्वाचनको गम्भीरतालाई त्यति धेरै आत्मसाथ नभएकोजस्तो देखिएको बताए । निर्वाचन परिणामले स्थायित्व र स्थिरता नदिने सङ्केत गरेको भन्दै ओलीले यसले मुलुकको विकास र प्रगतिमा अवरोध आउन सक्नेमा चिन्ता रहेको बताए ।

उनले भने, “मिलीजुली सरकार बनाउन तिर अब राजनीतिक दलहरू लाग्नु पर्ने अवस्था आएको छ र अब सुरुवातदेखि नै मोलतोल, लेनदेन सुरु हुन्छ” ।

देशलाई सही बाटोमा हिँडाउन एक मतको ठूलो महत्त्व हुन्छ र त्यो मतलाई बिचार एवम् सिद्धान्तलाई बुझेर प्रयोग गर्दा न्यायोचित हुने उनले भने। “राजनीतिक दलहरूले जनतालाई बुझाउन नसकिएको हो कि ? जनताको मागलाई उपयुक्त ढङ्गले सम्बोधन र सुनुवाइ गर्न नसकेर पो हो कि ? यस्ता विषयमा अब गम्भीर समीक्षा जरुरी छ” ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...