काठमाडौं, 29 नवम्बर 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार नबनोस् भनेर शक्ति केन्द्रहरू दौडधुपमा लागेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताए।
उनले भने, ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्। नेकपा एमाले केही रहेछ र त दौडधुप सुरु भएका छन् ‘ ।
उनले गठबन्धन सरकारले निर्वाचनमा धाँधली गरेको आरोपसमेत लगाए। त्यसका बावजुद एमालेले राम्रो नतिजा ल्याएको उनले बताए। उनले मतगणना भइरहेका ठाउँमा पनि एमालेले अग्रता लिएका कारण मतगना रोकिएको उनको भनाइ छ।
‘अहिले रोकिएका ६ क्षेत्र हाम्रै हो। हाम्रा उम्मेदवारले जित्ने भएपिछ धाँधली सुरु गरिएको हो। गठबन्धन सरकारले धाँधली नगरेको भए झन् हामीलाई कसैले रोक्न सक्ने थिएन,’ उनले भने।
उनले समानुपातिक मत हेरे एमालेको लोकप्रियता मापन गर्न आग्रह गरे।









































