काठमाडौं, 7 दिसम्बर 2022
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डीनआर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरूबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा भेट भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।









































