HomeFeatureसांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

सांसदको सपथसँगै प्रतिनिधिसभाको कार्यकाल सुरु

काठमाडौं, 23 दिसम्बर 2022

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै प्रतिनिधिसभाको गठन भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको हो। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्। अब संसद्को काम भनेको संसद् अधिवेशन सुरु गर्ने, नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुखको निर्वाचन गर्ने, संसदीय समिति गठन गर्नेलगायत छन्। सपथ ग्रहण गरेपछि सांसदको सेवा सुविधा पनि प्राप्त हुने भएकाले सांसदको व्यक्तिगत तथा उनीहरूलाई संसदीय दलको खर्च सुविधा प्राप्त हुनेछ। संसद् अधिवेशन सुरु भएपछि संसद्मा आफ्ना भनाइ राख्ने र निर्णयमा सहभागी हुन पाउने भएकाले अब प्रमुख रूपमा संसद् अधिवेशन आह्वानकै प्रतीक्षामा उनीहरू बस्नुपर्ने भएको छ।  नयाँ सरकार गठन भएपछि बस्ने मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने तयारी छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गर्दै १० गतेसम्मको समयसीमा तोकेकी छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा उपस्थित नव निर्वाचित सांसदको बिहीबार १ बजेर १५ मिनेटपछि सपथ ग्रहण कार्यक्रम सुरु भएको थियो। ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सपथ गराएका थिए। सपथ ग्रहण कार्यक्रममा ज्येष्ठ सदस्यसहित १ सय ७० जनाको उपस्थित थियो भने ४ जना अनुपस्थित थिए। बिहीबार छुटेका कांग्रेसका माया राई, माओवादी केन्द्रका रामकुमार राई, महिन्द्र राय यादव, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई अनुकूलता अनुसार सपथ ग्रहण गराउने संसद् सचिवालयले जनाएको छ। सपथ लिने २८ सांसदले १४ मातृभाषामा सपथ लिएका थिए। सपथ पत्रमा हस्ताक्षर गरेपछि सांसदलाई लोगो लगाउन दिइएको थियो। लोगो लगाएसँगै सपथ ग्रहणको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।सपथ ग्रहण कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त र स्वतन्त्र हैसियतसहित १२ राजनीतिक दलका सांसदहरू मध्ये केहीले आफ्नो मौलिकता झल्काउने पोषाक लगाएका थिए। सांसदहरूले आ–आफ्नो मौलिकता झल्काउने पोषाक लगाएकाले संसद भबन भित्र सांसदहरू रंगी विरंगी देखिएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...