काठमाडौं, 26 दिसम्बर 2022
नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूहरु सरकारमा बसेर जनताको सेवामा खरो रुपमा उत्रने बताएका छन्। सत्ता राजनीतिमा पहिलोपटक भएकोले आफूहरुले गठबन्धनको बारेमा धेरै ज्ञान हुन नसकेपनि सरकारमा मन्त्री बन्ने निश्चित भएकोसमेत बताए। राउतले कृषि मन्त्रालयमा दाबी गर्दै आएका छन्। उनले भने ‘यो सरकारमा जाने निश्चित हो। मधेश प्रदेशको नेतृत्वमा पनि हाम्रो दाबी रहन्छ, । एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आजै प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिँदैछन्। जनमतका अध्यक्ष राउत पनि आजै मन्त्रीको शपथ लिने तयारीमा छन्।









































