काठमाडौं, 29 दिसम्बर 2022
गृह मन्त्रालयले सुरक्षा निकायका अधिकारीहरुलाई मनोमानी रुपमा दलका नेताहरुसँग भेट्न रोक लगाएको छ ।
गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक दलका नेताहरुसँग भेट्नुपरेमा स्वीकृति लिनुपर्ने जनाएको छ ।
गृहका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्नुपर्ने उल्लेख गरिएको छ ।
गृहको निर्देशन विपरित कार्य गरेको पाइएमा अनुशासन कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।