दिल्ली, 30 दिसम्बर 2022
भारतीय क्रिकेट टोलीका विकेटकिपर २५ वर्षे ऋषभ पन्त सवार गाडी दुर्घटनामा परेको छ। यो दुर्घटना दिल्लीबाट रुडकी जाँदै गर्दा गुरुकुल नारसन क्षेत्रमा भएको हो।
दुर्घटनामा उनको गाडी पूर्ण रुपले क्षति भएको छ। उनको गाडी पूर्ण रुपले क्षति भएको केही तस्बिरहरु बाहिरिएका छन्। दुर्घटनामा उनको टाउको, घुँडा र ढाड चोट लागेको देखिन्छ।
पन्तको गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। त्यसपछि गाडीमा आगोलागेपछि उनी गाडीबाट बाहिरिएको हुनसक्ने बताइएको छ।
पन्तले भारतका लागि ३३ टेस्ट म्याचमा ५ शतकसहित २२७१ रन, ३० एकदिवसीयमा १ शतकसहित ८६५ रन तथा ६६ टी २० इन्टरनेशनलमा ३ अर्धशतकसहित ९८७ रन बनाएका छन्।









































