HomeFeatureप्रधानमन्त्री दाहालले आइतबार गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पाँच दशकअघिको सपना पूरा

प्रधानमन्त्री दाहालले आइतबार गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पाँच दशकअघिको सपना पूरा

पोखरा, 2 जनवरी 2023

हजारौं सर्वसाधारणको उपस्थितिबीच आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ ।  पाँच दशकअघिको सपना पूरा भएको खुसियालीमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरे । बिहान मौसम नखुल्दा काठमाडौंबाट जहाज आइपुग्न ढिलाइ भए पनि दिउँसो १ बजेपछि बुद्ध, यती, गुण र सौर्य एयरलाइन्सका जहाज धमाधम पोखरा ओर्लिएका थिए । ती विमानका यात्रुलाई एयरलाइन्स प्रतिनिधि, सरकारी अधिकारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको एयरबस ३२० पनि नमुना उडानस्वरूप दिउँसो पोखराको नयाँ विमानस्थलमा अवतरण गर्‍यो । विमानलाई नागरिक उड्डयन प्राधिकरणले दोहोरो पानीको फोहोराले स्वागत गरेको थियो । उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै हट एयर बेलुन उडाइएको थियो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरा धेरै राष्ट्रसँग सोझो सम्पर्कमा पुगेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने, ‘पोखरा विमानस्थलले कनेक्टिभिटीको क्षेत्रमा जुन योगदान गर्दै छ, यसले महानगर, कास्की र सिंगै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुनेमा दुईमत छैन ।’

विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर देशको अर्थतन्त्र सुदृढ बनाउनेतर्फ सोच्नुपर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘सबै जनप्रतिनिधि र नागरिक समाजको अथक् प्रयासबाट विमानस्थलको सपनाले मूर्तरूप पाएको छ,’ उनले भने, ‘अबको चुनौती अधिकतम सदुपयोग कसरी गर्न सक्छौं भन्ने हो । भरपूर सदुपयोगका लागि अन्तर्राष्ट्रिय उडान सुरक्षित गर्न प्रभावकारी पहलकदमी हुनुपर्छ । प्राधिकरणले त्यसका लागि काम पहिले गरोस्, अर्थ मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’ पोखरालाई पर्यटनको केन्द्र बनाउन अन्य पर्यटकीय सहरसँग पनि यसलाई जोड्नुपर्ने उनको धारणा छ । काठमाडौं, चितवन, लुम्बिनीलगायत पर्यटकीय स्थलसँग पोखरालाई जोड्न पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा र सुनौली–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नति भइरहेको उनले सुनाए ।

नेपालजस्तो भूपरिवेष्टित देशमा कनेक्टिभिटीका थुप्रै माध्यम भए पनि आवश्यक र प्रभावकारी हवाई सेवा नै रहेको उनले बताए । ‘अब हामी छिट्टै निजगढ विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउँछौं,’ उनले भने, ‘देशलाई कनेक्टिभिटीको क्षेत्रमा नयाँ युगमा प्रवेश गराउने अठोट प्रस्तुत गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...