काठमाडौं, 2 जनवरी 2023
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । पोलिटब्युरो बैठकमा खनालले राखेको लिखित प्रस्ताव राख्दै नेता खनालले कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताएका छन् ।
‘सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन,’ १० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन्, ‘त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता हो ।’









































