HomeFeatureहामी हेरेर बस्दैनौँ, यातायात व्यवस्थामा सुधार हुन्छ : उपप्रधानमन्त्री

हामी हेरेर बस्दैनौँ, यातायात व्यवस्थामा सुधार हुन्छ : उपप्रधानमन्त्री

काठमाडौं, 3 दिसम्बर 2023

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलोभर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए । उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’ स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।

कतिपय समस्या समाधान गर्न डिजिटाइजेसनमा जाने र आवश्यक साधन स्रोत समेत उपलब्ध गराउने भन्दै श्रेष्ठले अघि भने, ‘केही समय मात्र पर्खिनुस् ।’

कति समय लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...