काठमाडौं, 6 जनवरी 2023
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले लिने विश्वासको मतलाई लिएर कुनै दलसँग संवाद नभएको बताएका छन्। प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले भने, ‘विश्वासको मतको विषयलाई लिएर प्रधानमन्त्रीको पार्टीबाट होस् वा प्रमुख विपक्षी पार्टीबाट होस्, कुनै संवाद भएको छैन ।’
उनले नयाँ समीकरण बन्ने सम्भावना नभएकोसमेत बताए ।









































