HomeFeatureकांग्रेसले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको महामन्त्री शर्माको दाबी

कांग्रेसले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको महामन्त्री शर्माको दाबी

काठमाडौं, 7 जनवरी 2023

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन्। सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन्।

‘नेपाली कांग्रेसले तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन,’ उनले भने, ‘कांग्रेस अहिले यस्तो कुरामा बिल्कुलै संलग्न छैन।’ कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भनेको भए पनि पार्टीलाई भने त्यसबारे केही थाहा नभएको उनको जिकिर थियो। तर सभापति देउवाले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

देउवासँग शुक्रबार मात्र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले भेटेका छन् भने प्रधानमन्त्री दाहालले विश्वासको मत लिने मिति तय भइसकेको अवस्थामा देउवालाई भेट्न नेपाल उनकै निवास पुगेका हुन्। दाहाल नेतृत्वको सरकारले विश्वासको मत नपाउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग आफैं र निकटहरूमार्फत संवाद अघि बढाएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...